पहिलो पटक नेपाली टोलीमा परेका सन्तोषलाई यूएईविरुद्धको दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा प्लेयिङ ११ मा राखिएको हो । सन्तोषले प्रधानमन्त्री कप प्रतियोगितामा २१ विकेट लिनुका साथै २ सय ६५ रन बनाएका थिए ।
काठमाडौँ — स्पिन अलराउन्डर सन्तोष यादवले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गर्ने भएका छन् ।
पहिलो पटक नेपाली टोलीमा परेका सन्तोषलाई यूएईविरुद्धको दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा प्लेयिङ ११ मा राखिएको हो ।
हालै भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेपछि सन्तोषले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपाली टोलीको ढोका खोलेका हुन् । देव्रेहाते स्पिनर सन्तोषले प्रधानमन्त्री कप प्रतियोगितामा २१ विकेट लिनुका साथै २ सय ६५ रन बनाएका थिए ।
