Live

नेपाल र यूएईबीचको दोस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल

खेलको लाइभ अपडेटका लागि ekantipur.com हेर्नुहोला

वैशाख ८, २०८३

इकान्तिपुर डेस्क

Second Twenty20 International match between Nepal and UAE

35 Updates

(08:06 PM)

यूएईमाथि नेपालको सानदार जित

नेपालले यूएईलाई ८ विकेटले पराजित गरेको छ । यूएईले दिएको १२९ रनको विजयी लक्ष्य नेपालले १५ दशमलव ५ ओभरमा २ विकेट गुमाउँदै हासिल गरेको हो ।

Nepal's stunning victory over UAE

(08:01 PM)

नेपालले १५ ओभरको समाप्तीमा २ विकेट गुमाएर १२१ रन जोडेको छ । नेपाललाई जितका लागि अब ५ ओभरमा ८ रन आवश्यक छ । 

Nepal close to victory

(07:58 PM)

कुशल भूर्तेलको सानदार ब्याटिङ

नेपालका लागि ओपनर ब्याट्सम्यानका रूपमा क्रिजमा आएका कुशल भूर्तेलले ५० बलको सामना गर्दै महत्त्वपूर्ण ७५ रन जोडेका छन् । यस क्रममा उनको ब्याटबाट ११ चौका र २ छक्का प्रहार भएको छ । 

Kushal Bhurtel's brilliant batting

(07:49 PM)

नेपालको १०० रन पूरा

नेपालले १२ ओभरको समाप्तीमा २ विकेटको नोक्सानीमा १०२ रन जोडेको छ । 

Nepal completes 100 runs

(07:40 PM)

नेपाल १० ओभरमा ८४ रन

नेपालले १० ओभरको समाप्तीमा २ विकेट गुमाउँदै ८४ रन जोडेको छ । 

(07:39 PM)

कुशल भूर्तेलको अर्धशतक पूरा

नेपालका लागि कुशल भूर्तेलले ३१ बलमा ९ चौका र १ छक्काको मद्दतमा ५३ रन बनाउँदै आफ्नो अर्धशतक पूरा गरेका छन् ।

Kushal Bhurtel completes his half-century

(07:34 PM)

सन्तोष यादव आउट

नेपालले दोस्रो विकेटका रूपमा सन्तोष यादवलाई गुमाएको छ ।  उनी १ रन बनाएर आउट भए ।

(07:30 PM)

नेपाल ८ ओभरमा ७० रन

नेपालले ८ ओभरको समाप्तीमा एक विकेट गुमाउँदै ७० रन जोडेको छ । 

Nepal 70 runs in 8 overs

(07:26 PM)

कुशल मल्ल १९ रन बनाएर आउट भएका छन् । उनी यूएईका महम्मद अरफानको बलमा क्याचआउट भएका हुन् ।

Kushal Mall out

(07:18 PM)

नेपालको ५० रन पूरा

यूएईविरुद्ध नेपालले ५ दशमलव ३ ओभरमा ५० रन पूरा गरेको छ । 

(07:16 PM)

नेपाल ५ ओभरमा ४७ रन

नेपालका लागि कुशल भूर्तेल र कुशल मल्लको जोडीले ५ ओभरमा ४७ रन जोडेको छ । सुरुवातमा धीमा खेलेका मल्लले दुई छक्काको मद्दतमा ११ बलमा १३ रन जोडेका छन् भने भूर्तेलले १९ बलमा ७ चौकाको मद्दतमा ३३ रन बनाएका छन् ।

(07:06 PM)

नेपाल ३ ओभरमा १७ रन

नेपालले ३ ओभरको समाप्तीमा १७ रन जोडेको छ । कुशल मल्लले ७ बलको सामना गर्दा खाता पनि खोल्न सकेका छैनन् भने कुशल भूर्तेलले ११ बल खेली ४ चौकाको मद्दतमा १७ रन जोडेका हुन् । 

(06:58 PM)

नेपालका लागि भूर्तेल र मल्लको जोडी क्रिजमा

नेपालका लागि कुशल भूर्तेल र कुशल मल्लको जोडी क्रिजमा । पहिलो ओभरमा जोडे ५ रन । 

(06:42 PM)

यूएईद्वारा नेपाललाई १२९ रनको लक्ष्य

यूएईले नेपालसँगको अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनाएको छ । अब नेपालले यो म्याच जित्न १२९ रन बनाउनुपर्नेछ । 

(06:35 PM)

सन्दीपको उत्कृष्ट बलिङ

सन्दीप लामिछानेले आफ्नो ४ ओभरको स्पेलमा १ ओभर मेडन राख्दै ६ रन दिएर ३ विकेट लिएका छन् । आफ्नो चौथो ओभरमा उनले १ रन दिएर २ विकेट लिएका छन् । 

(06:31 PM)

सन्दीपले दिलाए सातौं सफलता

सन्दीप लामिछानेले यूएईका सातौं ब्याट्सम्यानलाई आउट गरेका छन् । मोहम्मद अरफान  ३६ बलमा ३२ रन बनाएर सन्दीपको बलमा क्याचआउट भएका हुन् ।

(06:22 PM)

यूएईको १०० रन पूरा

यूएईले १७ ओभरको समाप्तीमा ६ विकेट गुमाउँदै १०० रन पूरा गरेको छ ।

(06:18 PM)

नेपालद्वारा कसिलो बलिङ

‍नेपालले यूएईविरुद्धको दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कसिलो बलिङ गरेको छ । १६  ओभरमा यूएईले ६ ब्याट्सम्यान गुमाउँदै ९२ रन जोडेको छ । 

(06:10 PM)

यूएई १४ ओभरमा ८० रन

यूएईले १४ ओभरको समाप्तीमा ६ विकेट गुमाउँदै ८० रन जोडेको छ ।

(06:02 PM)

यूएईले १२ ओभरमा जोड्यो ७३ रन

यूएईले १२ ओभरको समाप्तीमा आफ्ना ६ खेलाडी गुमाउँदै ७३ रन जोडेको छ । 

(05:58 PM)

नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले आफ्नो पहिलो ओभरमा १ रन दिएका छन् ।

(05:50 PM)

यूएईको ५० रन पूरा

यूएईले ९ ओभरमा ६ विकेट गुमाउँदै ५० रन जोडेको छ । पहिलो ओभर मेडन गरेका सन्दीप लामिछानेले दोस्रो ओभरमा २ रनमात्रै दिएका छन् ।

(05:47 PM)

शाहव आलमको एकै ओभरमा २ विकेट

पहिलो ओभरमा १७ दिएका शाहव आलमले आफ्नो दोस्रो ओभरमा १ रन दिएर १ विकेट लिएका छन् भने एक खेलाडी रनआउट भएका छन् ।

(05:42 PM)

सन्दीप लामिछाने गरे मेडन ओभर

नेपालका लागि ७ औं र व्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दीप लामिछानेले मेडन ओभर गर्दै १ विकेट लिएका छन् । 

(05:39 PM)

नेपालका लागि सन्दीपले दिलाए चौथो सफलता

नेपालका लागि सन्दीप लामिछानेले चौथो सफलता दिलाएका छन् । यूएईले ४७ रन जोड्दा आफ्नो चौथो विकेट गुमाएको हो ।

(05:37 PM)

शाहव आलमले दिए पहिलो ओभरमा १७ रन

शाहव आलमको पहिलो ओभरमा यूएईका ब्याटरले १७ रन जोडेका छन् । 

(05:32 PM)

पाँचौं ओभरमा धामीले दिए १ रन

हेमन्त धामीले आफ्नो स्पेलको तेस्रो र नेपालका लागि पाँचौं ओभरमा १ रन मात्रै दिएका छन् । यूएईले ५ ओभरको समाप्तीमा ३० रन जोड्दै ३ विकेट गुमाएको छ । 

(05:23 PM)

यूएई ३ ओभरमा ३ विकेटको नोक्सानीमा २३ रन

नेपालले यूएईविरुद्धको दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिला बलिङ गर्दै ३ ओभरमा ३ विकेट लिँदै २३ रन दिएको छ ।

(05:20 PM)

हेमन्त धामीले दिलाए तेस्रो सफलता

नेपालका लागि हेमन्त धामीले तेस्रो सफलता दिलाएका छन् । यूएईका हरपित सिंहलाई व्यक्तिगत १ रनको स्कोरमा एलबीडब्लू आउट गरेका हुन् । यूएईले २ दशमलव २ ओभरमा २० रन बनाएको छ । 

(05:15 PM)

नेपालले लियो दोस्रो विकेट

नन्दन यादवले नेपालका लागि दोस्रो सफलता दिलाएका छन् । उनले यूएईका ब्याटर एलिसन सराफुलाई लोकेश बमको हातबाट क्याचआउट गराएका हुन् ।

(05:09 PM)

पहिलो ओभरमा ८ रन

नेपालका लागि हेमन्त धामीले पहिलो ओभर बलिङ गर्दै ८ रन दिएर १ विकेट लिएका छन् । यूएईसँगको पहिलो म्याचमा धामीले आफ्नो पहिलो ओभरमा २० रन दिएका थिए । 

(05:05 PM)

पहिलो बलमै धामीले चड्काए विकेट

हेमन्त धामीले यूएईका मोहम्मद वासिमलाई पहिलो बलमै एलबीडब्लूको धरापमा पारेका छन् ।

Dhami takes wicket on the first ball
हेमन्त धामी ।

(04:56 PM)

नेपालद्वारा पहिलो म्याचमा खेलेका ४ खेलाडी परिवर्तन

नेपालले यूएईसँग पहिलो म्याचमा खेलेको टोलीबाट अर्जुन साउद, सन्दीप जोरा, बसिर अहमद र शेर मल्लको स्थानमा लोकेश बम, आरिफ शेख, सन्तोष यादव र शाहव आलमलाई खेलाएको छ ।

Nepal changes 4 players who played in the first match

(04:52 PM)

स्पिन अलराउन्डर सन्तोष यादवले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गर्दै

नेपालबाट स्पिन अलराउन्डर सन्तोष यादवले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गर्दै छन् । पहिलो पटक नेपाली टोलीमा परेका सन्तोषलाई यूएईविरुद्धको दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा प्लेयिङ ११ मा राखिएको छ । सन्तोषलाई बसिर अहमदको स्थानमा खेलाइएको हो । हालै भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेपछि सन्तोषले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपाली टोलीको ढोका खोलेका हुन् । देव्रेहाते सन्तोषले प्रधानमन्त्री कपमा २१ विकेट लिनुका साथै २ सय ६५ रन बनाएका थिए । 

Spin all-rounder Santosh Yadav makes his Twenty20 International debut

(04:51 PM)

नेपालले जित्यो टस, बलिङको निर्णय

नेपालले यूएईविरुद्धको दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिला बलिङ गर्ने भएको छ । नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले मंगलबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा टस जितेर यूएईलाई ब्याटिङको निम्तो दिएका हुन् ।

Nepal won the toss, decided to bowl.
तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

इकान्तिपुर

Link copied successfully