यो सिजन बायर्नका लागि धेरै हदसम्म लिग उपाधि नै सबैभन्दा ठूलो अपेक्षा थिएन । किनभने यसको उपाधि जित्ने त बानी भइसकेको थियो ।
बर्लिन — बायर्न म्युनिखले जर्मन बुन्डेसलिगाको उपाधि जित्ने औपचारिकता आइतबार पूरा भएको छ । पछिल्लो १४ वर्षमा बायर्नले जर्मन लिग जितेको यो १३ औं पटक हो । यसपल्टको प्रदर्शन कीर्तिमानीभन्दा हुन्छ । यो सिजन बायर्नका लागि धेरै राम्रो हुन सक्नेछ । टोलीका लागि यो सिजन तीन उपाधि जित्ने सम्भावना छ । त्यसमध्ये बुन्डेसलिगा एक भयो ।
बुधबार हुने जर्मन कपको सेमिफाइनलमा बायर्नले बायर लेभरकुजनको सामना गर्दै छ । त्यसपछि टोलीसामु हुनेछ, युरोपेली च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) । यो सिजन बायर्नका लागि धेरै हदसम्म लिग उपाधि नै सबैभन्दा ठूलो अपेक्षा थिएन । किनभने यसको उपाधि जित्ने त बानी भइसकेको थियो । खासमा बायर्नले लिग जितेको यो कीर्तिमान ३५ औं पटक हो ।
जर्मन घरेलु फुटबलमा बायर्नको एकपक्षीय प्रभुत्व हुने गर्छ । सन् २०२४ भने अपवाद रह्यो, त्यो सिजन लेभरकुजनले लिग जितेको थियो । सन् २०१२ को एक सिजन बायर्नका लागि उत्तिकै खराब रहेको थियो, जतिबेला यो टिम च्याम्पियन्स लिगको फाइनलमा चेल्सीसँग पराजित भएको थियो । घरेलु लिग र कप दुवै बोरुसिया डर्टमन्डसँग गुमाएको थियो । त्यस लगत्तैको सिजन भने गजब नै रह्यो ।
प्रशिक्षक जुन हेनकेपको नेतृत्वमा बार्यनले तीन उपाधि च्याम्पियन्स लिग, बुन्डेसलिगा र जर्मन कप जित्यो । यो ट्रेबल सफलता थियो । यस्तोमा प्रश्न हुन सक्छ, यो सिजन के इतिहास दोहोरिने छ त ? अहिलेका लागि हामीले बायर्नले कसरी बुन्डेसलिगा जित्यो, त्यसमा एक नजर लगाउने छौं । स्वाभाविक छ, बायर्नले लिग जित्नु पछाडि टिमले धेरै भन्दा धेरै गोल गर्न सक्नु हो ।
यो सिजन बायर्नले लिगमा अहिले नै कीर्तिमान गोल गरिसकेको छ, यो उपलब्धि सेन्ट पाउलीविरुद्धको खेलमा प्राप्त भएको थियो । त्यस खेलपछि बायर्नले यो सिजन लिगमा गरेको गोलसंख्या पुगेको थियो, १ सय ५ । यसअघिको कीर्तिमान सन् १९७१–०७२ को थियो, जति बेला उनसले १ सय १ गोल गरेको थियो । टिमका स्टार खेलाडी थिए, फ्रेन्क बेकनबाउर र गर्ड मुलर । लिगमा अझै चार चरणको खेल बाँकी रहेको स्थितिमा बायर्नले गर्ने गोलसंख्या बढ्ने छ ।
यसमा सबैभन्दा अगाडि छन्, ह्यारी केन । उनले लिगमा ३२ गोल गरिसकेका छन्, समग्रमा ५१ । यति भनेपछि एउटा तथ्य निश्चित छ, बायर्नले यो सिजन त्यस्तो प्रतिद्वन्द्वी टिम नै पाउने सकेन, जसले टोलीसामु बलियो चुनौती पेस गरोस् । बायर्नको सबैभन्दा नजिकको विपक्षी टिम डर्टमन्ड थियो । यही टिममाथि बायर्नको अहिलेको अग्रता छ १५ अंक ।
स्टुटगार्ट, लाइप्जिग र लेभरकुजन कोही पनि बायर्नको छेउछाउ पुगेनन् । बायर्नको अहिलेको सफलताको एउटा प्रमुख कारण त प्रशिक्षक भिन्सेन्ट कोम्पनी हुन् । उनलाई सक्दो बढी श्रेय दिनैपर्छ । उनलाई अनुबन्ध गर्दा उनी पहिलो रोजाइका थिएनन्, तर यिनै प्रशिक्षकले त्यो काम गरे, जुन यसअघिका प्रशिक्षक थोमस टचेलले हात पार्न सकेका थिएनन् । टचेल छँदा बायर्नलाई गाह्रै भएको थियो ।
अहिले बायर्नमा कोम्पनीको दोस्रो सिजन चलिरहेको छ । उनले टिममा एक त लेनार्ट कार्ल जस्ता युवा खेलाडीलाई मौका दिएका छन् । अर्कोतर्फ टिमका खेलाडीलाई पालैपालो मौका दिएर तिनलाई चोटबाट बचाएका छन् । केनसामु व्यक्तिगत गोलको कीर्तिमान बनाएर रोबर्ट लेवान्डोस्कीलाई उछिन्ने अवसर पनि छ । तर कोम्पनीले उनलाई चाहिएको समयमा आराम दिन नै चाहेका छन् । यसले अन्ततः काम पनि गरेको छ ।
यतिमात्र होइन, बायर्नभित्र रहेको आरोप लाग्ने समर्थकको रंगभेदी व्यवहारलाई पनि कम पारेका छन् । नत्र जोसे मोउरिन्होले बायर्नविरुद्ध यस्तै आरोप लगाएका थिए । खासमा कोम्पनी के आए, बायर्नमा स्थायित्व आएको छ । गलत समाचारका लागि कारण बन्न छाडेको छ । कुनै समय बायर्नलाई एफसी हलिउड पनि भनिन्थ्यो, लगातार फुटबल बाहिरका कारणले समाचारको शीर्षमा रहने गरेकाले । अब त्यस्तो पनि रहेन ।
