यस सम्झौता अनुसार एक्स्ट्रिम इनर्जी ड्रिंक्सले कर्पोरेट टी–१० लिगलाई आर्थिक तथा प्रत्येक खेलका ‘म्यान अफ ड म्याच’ लाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गर्नेछ ।
काठमाडौँ — एक्सट्रिम इनर्जी ड्रिंक्सले कर्पोरेट टी–१० क्रिकेट लिगका लागि आधिकारिक इनर्जी पार्टनरमा सम्झौता गरेको छ ।
काठमाडौं स्पोर्ट्स एन्ड इभेन्ट्सका निर्देशक ज्योति भण्डारी र एक्स्ट्रिम इनर्जी ड्रिंक्सका इभेन्ट म्यानेजर सुजल राणाले सोमबार हस्ताक्षर गरेका छन् । दुवै पक्षले खेलकुद प्रवर्द्धन र कर्पोरेट क्षेत्रलाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यस सम्झौता अनुसार एक्स्ट्रिम इनर्जी ड्रिंक्सले कर्पोरेट टी–१० लिगलाई आर्थिक तथा प्रत्येक खेलका ‘म्यान अफ ड म्याच’ लाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गर्नेछ ।
म्यानेजर राणाले यस सहकार्यले खेलाडीको ऊर्जा र प्रदर्शनलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।
आयोजक निर्देशक भण्डारीले एक्स्ट्रिम इनर्जी जस्तो प्रख्यात ब्रान्डसँगको सहकार्यलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिएको बताए ।