आर्सनललाई हराएपछि सिटी उपाधि होड

इतिहाडमा भएको खेलमा सिटीका लागि इर्लिङ हालान्डले ६५ औं मिनेटमा निर्णायक गोल गरे ।

वैशाख ७, २०८३

कान्तिपुर संवाददाता

City in title race after beating Arsenal

काठमाडौँ — म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आइतबार आर्सनललाई २–१ ले पराजित गर्दै उपाधि होडमा फर्केको छ । इतिहाडमा भएको खेलमा सिटीका लागि इर्लिङ हालान्डले ६५ औं मिनेटमा निर्णायक गोल गरे ।

त्यस अगाडि सिटीले रायन चेर्कीको गोलले अग्रता लिए लगतै काई हार्भटेजले आर्सनलका लागि बराबरी गोल फर्काएका थिए । यो जितपछि सिटी ६७ अंकमा दोस्रो स्थानमा रह्यो र यो शीर्षमा रहेको आर्सनलसँग तीन अंकको दूरी हो । सिटीले आर्सनलको तुलनामा एक खेल कम खेलेको छ ।

आइतबारका अन्य प्रमुख खेलमा एस्टन भिल्लाले सन्डरल्यान्डलाई ४–३ र लिभरपुलले एभरटनलाई २–१ ले हरायो । यस्तै नटिंघम फरेस्टले बर्नलीलाई ४–१ ले पराजित गर्न सफल रह्यो । भिल्ला ५८ अंकमा चौथो र लिभरपुल ५५ अंकमा पाँचौं स्थानमा रहेका छन् ।

कान्तिपुर

Link copied successfully