लुझाउ ओपनमा अभिषेकले जिते दुई खेल

प्रारम्भिक चरणका २ खेल जितेका अभिषेकले क्वालिफाइङ चरणको तेस्रो खेलमा अस्ट्रेलियाका जोसुआ चार्लटनविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।

वैशाख ७, २०८३

इकान्तिपुर डेस्क

Abhishek wins two matches at Luzhou Open

काठमाडौं — नेपाली टेनिस खेलाडी अभिषेक बाँस्तोला आईटीएफ मेन्स वर्ल्ड टेनिस टुरअन्तर्गत चीनको लुझाउमा भइरहेको एम२५ लुझाउ ओपनको छनोट चरण नजिक पुगेका छन् ।

प्रारम्भिक चरणका २ खेल जितेका अभिषेकले क्वालिफाइङ चरणको तेस्रो खेलमा अस्ट्रेलियाका जोसुआ चार्लटनविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।

सोमबार अभिषेकले आयोजक चीनका सिचाङ लीविरुद्ध सोझो सेटमा जित निकालेका छन् । उनले ६–४, ६–४ को सेटमा सानदार जित निकालेका हुन् ।

अघिल्लो खेलमा अभिषेकले जापानका नात्सुकी यामामोताविरुद्ध ७–६(३), ६–१, १०–८ ले जित निकालेका थिए ।

कुल ३० हजार डलर पुरस्कार राशिको प्रतियोगिता हार्डकोर्टमा भइरहेको छ । गत साता अभिषेक कुन्मिङ ओपन खेलेका थिए । उनी अन्तिम १६ को प्रतिस्पर्धामा पराजित भएका थिए ।

इकान्तिपुर

Link copied successfully