युनाइटेड तेस्रो स्थानमा बलियो

युनाइटेडका लागि खेलको निर्णायक गोल म्याथेस कुन्हाले गरे । यो जितपछि युनाइटेड ५८ अंकमा तेस्रो स्थानमा बलियो भएको छ ।

वैशाख ६, २०८३

कान्तिपुर संवाददाता

United are strong in third place

काठमाडौँ — म्यानचेस्टर युनाइटेडले शनिबार इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई १–० ले पराजित गर्दै अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ ।

युनाइटेडका लागि खेलको निर्णायक गोल म्याथेस कुन्हाले गरे । यो जितपछि युनाइटेड ५८ अंकमा तेस्रो स्थानमा बलियो भएको छ ।

युनाइटेडले पछिल्लो दुई सिजन च्याम्पियन्स लिगमा खेलेको थिएन् । चेल्सी भने ४८ अंकमा छैटौं स्थानमा रह्यो । शनिबारको अर्को महत्त्वको खेलमा ब्राइटनले टोटनहमलाई २–२ को बराबरीमा रोकेको छ ।

टोटनहम जिततर्फ अग्रसर रहेको बेला ब्राइटनका लागि जर्जिन्होले इन्ज्युरी समयको पाँचौं मिनेटमा बराबरी गोल गरे ।

यो नतिजापछि टोटनहम ३१ अंकमा १८ औं स्थानमा रह्यो र उसमाथि रेलिगेसनको दबाब अझ बढेको छ । अन्य खेलमा बर्नमाउथले न्युकासल युनाइटेडलाई २–१ र लिड्स युनाइटेडले उल्भ्सलाई ३–० ले हरायो ।

कान्तिपुर

Link copied successfully