खजुरा गोल्ड कपको उपाधि नाइजेरियन जोन क्लबलाई

विजेता नाईजेरियन टोलीले उपाधिसँगै ७ लाख नगद र ट्रफी पाएको छ भने उपविजेता जेबीएम क्लब लखनउ भारतले ४ लाख नगद र ट्रफी हात पारेको छ ।

वैशाख ६, २०८३

रूपा गहतराज

Nigerian Zone Club wins Khajura Gold Cup title

What you should know

नेपालगञ्ज — खजुरामा सम्पन्न एमटी एरिना प्रथम खजुरा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि नाइजेरियन जोन क्लब नाइजेरियाले हात पारेको छ ।

खजुरा–४ डिगाउँस्थित मिनी रंगशालामा आइतबार भएको फाइनल खेलमा नाईजेरियन टोलीले जेबीएम क्लब लखनउ भारतलाई शून्यकाविरुद्ध ४ गोल अन्तरले पराजित गर्दै उपाधि हात पार्न सफल भएको हो ।

नाईजेरियन टोलीले उपाधिसँगै ७ लाख नगद र ट्रफी पाएको छ भने उपविजेता जेबीएम क्लब लखनउ भारतले ४ लाख नगद र ट्रफी हात पारेको छ ।

नाइजेरियाका जर्सी नम्बर ३ का कलव कोनले दोस्रो हाफको ३४ र ४०औं मिनेटमा गोल गरे । यसैगरी, जर्सी नम्बर २४ का एडवार्ड थोमसले दोस्रो हाफको १९ र जर्सी नम्बर २६ का ओलावी अफिजले २४ मिनेटमा गोल गरेका थिए । प्रतियोगितामा नाइजेरियाका खेलाडीहरू गोलरक्षक लेकन शितु, उत्कृष्ट रक्षक र म्यान अफ द म्याच बिल्गो, एडवार्ड प्लेयर अफ द पिस घोषित भए ।Nigerian Zone Club wins Khajura Gold Cup title

यसैगरी, जेबिएम लखनउका क्षितिज मगर उत्कृष्ट मिडफिल्डर र फोर ब्रदर्श एफसी नवलपरासीका नवीन महतो सर्वाधिक गोलकर्ता घोषित भए । विजेता टोली र खेलाडीलाई आयोजक न्यू डाँफे स्पोर्टस् क्लबका अध्यक्ष बालाराम खत्री, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिकलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

न्यु डाँफे स्पोर्सट् क्लबको आयोजनामा ३० चैतदेखि सुरु भएको प्रतियोगितामा गोर्खा ब्वाइज स्पोर्टस क्लब बुटवल, सङ्कटा एफसी, न्यु डाँफे स्पोर्टस् क्लब, जेभिएम फुटबल एकेडेमी लखनउ, काँक्रेबिहार क्लब सुर्खेत, फोर ब्रदर्श एफसी नवलपरासी, एपीएफ काठमाडौं र नाइजेरियन जोन क्लब नाइजेरिया गरी ८ टोलीको सहभागिता थियो ।

रूपा

Link copied successfully