नेपोली लाजियोसँग पराजित

शनिबार भएको खेलमा नेपोली आफ्नो घरमै लाजियोको हातबाट २–० ले पराजित रह्यो । त्यसमा म्याटेओ क्यान्सेलेरी र टोमा बासिचले गोल गरे ।

वैशाख ६, २०८३

कान्तिपुर संवाददाता

Napoli defeated by Lazio

काठमाडौँ — डिफेन्डिङ च्याम्पियनका रूपमा नेपोलीले इटालीको सिरी ए उपाधि रक्षा गर्न नसक्ने लगभग तय भएको छ ।

शनिबार भएको खेलमा नेपोली आफ्नो घरमै लाजियोको हातबाट २–० ले पराजित रह्यो । त्यसमा म्याटेओ क्यान्सेलेरी र टोमा बासिचले गोल गरे ।

यो हारपछि नेपोली ६६ अंकमा दोस्रो स्थानमा रह्यो । तर यो शीर्षमा रहेको इन्टर मिलानसँग १२ अंकको दूरी हो । लिगमा पाँच चरणका खेल मात्र बाँकी रहेका छन् । अर्को प्रमुख खेलमा रोमा र एटलान्टाले १–१ को बराबरी खेले ।

रोमा ५८ अंकमा छैटौ स्थानमा छ । एटलान्टा उसको ठीक पछाडि ५४ अंकमा छ । यस्तै पार्मा भने युडिनेजीमाथि १–० को जित रच्न सफल रह्यो ।

कान्तिपुर

Link copied successfully