नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार समाजिक सञ्जालमार्फत नेपालले यूएईसँग खेल्ने शृंखला टेलिभिजनमा कान्तिपुर म्याक्स एचडी २ ले प्रत्यक्ष प्रसारण गर्ने घोषणा गरेको हो ।
काठमाडौँ — नेपाल र यूएईबीच हुने ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट कान्तिपुर म्याक्स एचडी २ ले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार समाजिक सञ्जालमार्फत नेपालले यूएईसँग खेल्ने शृंखला टेलिभिजनमा कान्तिपुर म्याक्स एचडी २ ले प्रत्यक्ष प्रसारण गर्ने घोषणा गरेको हो । सोमबार र मंगलबार गरी नेपाल र यूएईबीच दुई ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल हुनेछ । खेल साँझ ५ बजे सुरु हुनेछ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिलो पटक अन्तर्राष्ट्रिय खेल फ्लड लाइटमा हुन लागेको हो । दीपेन्द्रसिंह ऐरीले पहिलोपटक ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालको कप्तानी गरिरहेका छन् । नेपाली टोलीमा रहेका सन्तोष यादव र हेमन्त धामी ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गर्ने तयारीमा छन् ।
