इनरुवामा महिला राष्ट्रिय कबड्डी वैसाख २६ देखि

प्रतियोगितामा सातै प्रदेशका एक/एक र तीन वटा विभागीय गरी १० टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।

वैशाख ५, २०८३

अर्जुन सुवेदी

Women's National Kabaddi to be held in Inaruwa from 26th Baisakh

सुनसरी — सुनसरीको इनरुवामा महिला राष्ट्रिय कबड्डी प्रतियोगिता हुने भएको छ । सुनसरी जिल्ला खेलकुद क्लबको आयोजना तथा अखिल नेपाल कबड्डी संघको समन्वयमा वैसाख २६ देखि ३० सम्म प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा सातै प्रदेशका एक/एक टीम र तीन वटा विभागीय गरी १० टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । 

प्रतियोगितामा १२० खेलाडी, प्रशिक्षक, टिम व्यवस्थापक र निर्णायक ३० जना गरी १७० जना प्रत्यक्ष सहभागी हुनेछन् । विभिन्न संघ–संस्था र स्वयंसेवकसहित करिब २ सय ५४ जनाको सहभागिता रहने अपेक्षा गरिएको छ । 

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख र दोस्रो हुने टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । तृतीय स्थान हाँसिल गर्ने दुई टोलीलाई जनही २५/२५ हजार रुपैयाा नगद प्रदान गरिने आयोजकले जनाएको छ । 
प्रतियोगिताको कुल लागत करिब ४५ लाख रुपैयाँ रहने अनुमान गरिएको छ ।

उक्त रकम राष्ट्रिय खेलकुद परिषद्, स्थानीय तह तथा विभिन्न संघ–संस्थाबाट व्यवस्थापन गरिने लक्ष्य रहेको छ । प्रतियोगिता अखिल नेपाल कबड्डी संघको नियमअनुसार सञ्चालन हुने र लिग कम नकआउट प्रणालीमा खेलाइने अध्यक्ष तरुणकुमार यादवले जानकारी दिए ।

अर्जुन

Link copied successfully