नाइजेरियन जोनले शनिबार सम्पन्न कडा प्रतिस्पर्धात्मक खेलमा नवलपरासीको फोर ब्रदर एफसीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
नेपालगन्ज — खजुरामा जारी प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगितामा नाइजेरियन क्लब जोन फाइनलमा प्रवेश गरेको छ । फाइनलमा नाइजेरियन जोनको भेट अब भारत लखनउको जेबीएम एकेडेमीसँग हुने भएको छ ।
नाइजेरियन जोनले शनिबार सम्पन्न कडा प्रतिस्पर्धात्मक खेलमा नवलपरासीको फोर ब्रदर एफसीलाई २–१ गोल अन्तरले पराजित गरेको हो । जोनका तर्फबाट ३९ मिनेटमा ताजुदिन अकिनसोला र ७८ मिनेटमा ओलाबी अफिजले गोल गरेका थिए ।
फोर ब्रदर एफसीबाट अभिषेक महतोले गोल गरे । यो खेलमा नाइजेरियन जोनका ३ जना र फोर ब्रदरका २ जनाले पहेँलो कार्ड पाएका थिए ।
न्यु डाँफे स्पोर्ट्स क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता छ । नकआउट आधारमा खेलाइएको प्रतियोगिता वैशाख ६ गतेसम्म चल्ने प्रतियोगिताका प्रचार संयोजक खगेन्द्र दाहालले जानकारी दिए ।
गोल्डकपका विजेताले ७ लाख र उपविजेताले ४ लाख नगद पुरस्कार पाउने छन् ।
