कान्तिपुर हाफ म्याराथन : कर्पोरेटमा पुकार र कुसुम विजयी

पुकार बस्नेत र कुसुम तामाङले १४ औं कान्तिपुर हाफ म्याराथनअन्तर्गत कर्पोरेट तथा इन्फ्लुन्सर रन जितेका छन् ।

वैशाख ५, २०८३

ध्रुव तुलाधर

Kantipur Half Marathon: Pukar and Kusum win in corporate

What you should know

काठमाडौँ — पुकार बस्नेत र कुसुम तामाङले १४ औं कान्तिपुर हाफ म्याराथनअन्तर्गत  कर्पोरेट तथा इन्फ्लुन्सर रन जितेका छन् ।  

५ किलोमिटर दुरीमा भएको दौडमा माउन्ट एभरेस्ट सेकेन्डरीका पुकारले १७ मिनेट ४२: ६० सेकेन्डमा पूरा गरेका थिए । श्री सगरमाथा सेभिङ एन्ड क्रेडिटका रामचन्द्र श्रेष्ठले १८ मिनेट २० सेकेन्डबाट दोस्रो स्थान हात पारे । जयमाता दुर्गा यातायातका युन राईले १९ मिनेट ०१ सेकेन्डबाट तेस्रो स्थान हात पारिन् ।

महिलातर्फ कुसुम तामाङले उपाधि जितिन् । उनले २४ मिनेट २८.३८ सेकेन्डमा दुरी पार गरिन् । कल्पना महर्जनले २४ मिनेट ३०: ०१ सेकेन्डमा दुरी पार गरेर दोस्रो हुँदा बोलिभा केसीले २४ मिनेट ५४ः६८ सेकेन्डबाट तेस्रो स्थान हासिल गरिन् । कर्पोरेट रनका विजेताहरूले विभिन्न गिफ्ट ह्याम्पर पुरस्कार पाएका थिए ।

‘रन फर नेपाल’ नारासहित कान्तिपुर हाफ म्याराथनको १४ औं संस्करणमा सबैभन्दा धेरै ४ हजारले दौडेका थिए ।

नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा कान्तिपुरको कार्यालय रहेको तीनकुने अगाडिबाट सुरु भएको दौड कान्तिपुर हाफ म्याराथन तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली, गठ्ठाघर, थिमि, सल्लाघारी हुँदै जगाती चोकबाट फन्को लगाएर पुनः कोटेश्वर, तीनकुनेमा आएर दौड टुंगिएको थियो ।

कर्पोरेट एन्ड इन्फ्लुन्सर दौड तीनकुनेबाट सुरु भएर लोकन्थलीको पुलबाट फर्किएर कोटेश्वर हुँदै तीनकुने आएर टुंगिएको थियो । तीनकुनेबाट सुरु हुने ह्विलचेयर कोटेश्वर पुगेर तीनकुनेमै आएर टुंगिएको थियो ।  

कान्तिपुर हाफ म्याराथनको ग्लोबल आईएमई बैंकको प्रस्तुति रहेको कान्तिपुर म्याराथनको पावर्ड बाईमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स रहेको छ ।

सेलेब्रेसन पार्टनरमा केएफसी एन्ड पिज्जा हट, हस्पिटल पार्टनरमा फ्रन्टलाइन अस्पताल र फुड पार्टनरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी रहेका छन् ।  

ध्रुव तुलाधर दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका छन् । उनी हाल कान्तिपुर दैनिकको खेलकुद ब्युरोमा कार्यरत छन् ।

Link copied successfully