इन्टर उपाधिको अझ नजिक

इन्टर मिलान इटालीको सिरी ए उपाधिको अझ नजिक पुगेको छ ।

वैशाख ५, २०८३

हिमेश

Inter closer to the title

काठमाडौँ — इन्टर मिलान इटालीको सिरी ए उपाधिको अझ नजिक पुगेको छ । उसले शुक्रबार भएको खेलमा कागलिरीलाई सजिलै ३–० ले हरायो र शीर्ष स्थानमा १२ अंकको अग्रता लियो ।

सानसिरोमा भएको खेलमा पहिलो हाफ लगतै मार्कस थुराम र निकोलो बरेलाले एक एक गोल गरे । इन्ज्युरी समयमा पिट्र जेलेन्स्कीले तेस्रो गोल थपे । यो नतिजापछि इन्टर २१ औं लिग उपाधिबाट एक खेल मात्रै टाढा पुगेको छ ।

नेपोलीले शनिबार लाजियोको आथित्य गर्दैछ । त्यस खेलमा नेपोली विजयी रहने भने इन्टरले अर्को साता टुरिनोलाई हराएर उपाधि आफ्नो बनाउन सक्नेछ । त्यसका लागि नेपोली क्रेमोन्सेविरुद्धको खेलमा विजयी रहनु हुन्न ।

हिमेश

Link copied successfully