पहिलो सेमिफाइनलमा साख्तर डोनेस्क र क्रिस्टल प्यालेस भिड्ने छन् ।
काठमाडौँ — युरोपेली क्लब फुटबलको तेस्रो ठूलो प्रतियोगिता कन्फ्रेन्स लिगको सेमिफाइनल समीकरण पनि बिहीबार तयार भएको छ । त्यस अनुसार पहिलो सेमिफाइनलमा साख्तर डोनेस्क र क्रिस्टल प्यालेस भिड्ने छन् ।
अर्को सेमिफाइनलमा भने रायो भालेकानोको सामना स्ट्रसबर्गविरुद्ध हुनेछ । दुई लेग चलेको क्वाटरफाइनलमा समग्रमा साख्तरले एजेलाई ५–२ र प्यालेसले फियोरेन्टिनालाई ४–२ ले हरायो ।
यस्तै समग्रमा भालेकानाले एईके एथेन्सलाई ४–३ र स्ट्रसबर्गले मेन्जलाई ४–२ ले पराजित गर्न सफल रह्यो ।
