बिहीबार सम्पन्न खेलमा जेबीएमले न्यु डाँफेलाई १–० गोल अन्तरले पराजित गर्दै समिफाइनलको यात्रा तय गरेको हो ।
नेपालगन्ज — बाँकेको खजुरामा जारी एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक न्यु डाँफे स्पोर्ट्स क्लबलाई पराजित गर्दै भारत लखनउको जेबीएम एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार सम्पन्न खेलमा जेबीएमले न्यु डाँफेलाई १–० गोल अन्तरले पराजित गर्दै समिफाइनलको यात्रा तय गरेको हो ।
जेबीएम एकेडेमीका लागि अरुण अधिकारीले गरेको गोल नै निर्णायक भयो । उनले ३३ औं मिनेटमा गोल गरेका थिए ।
न्यु डाँफे स्पोर्ट्स क्लबको आयोजना तथा खजुरा गाउँपालिकाको संरक्षकत्वमा प्रतियोगिता सञ्चालित छ । नकआउटका आधारमा खेलाएको ८ टिम सहभागी उक्त प्रतियोगिता वैशाख ६ गतेसम्म चल्नेछ ।
खजुरामा पहिलो पटक आयोजना गरिएको गोल्डकपमा विजेतालाई ७ लाख र उपविजेतालाई ४ लाख रुपैयाँ पुरस्कारको व्यवस्था छ ।
