हाइ लेभल स्पोर्ट्स सेमिनार सुरु

सेमिनारमा राखेपमा कार्यरत विभिन्न १२ खेलका ३० प्रशिक्षक सहभागी छन् ।

वैशाख ३, २०८३

कान्तिपुर संवाददाता

High-level sports seminar begins

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको आयोजनामा हाइ लेभल स्पोर्ट्स सेमिनार बिहीबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ ।

सेमिनारमा राखेपमा कार्यरत विभिन्न १२ खेलका ३० प्रशिक्षक सहभागी छन् । उनीहरूलाई सुशिल नरसिंह राणाले एप्लाइड साइन्स, जगदीश भट्टले मोटिभेसन र स्पोर्ट्स म्यानेजमेन्ट, सञ्जय महर्जनले स्पोर्ट्स  न्युट्रिसन तथा लक्ष्मण अधिकारीले बायो मेकानिकलसम्बन्धी ज्ञान दिनेछन् ।

कुल १ सय पूर्णाङ्कको असाइन्मेट हुनेछ । त्यसमा मल्टिपल च्वाइस क्वेसनमा ७५ अंक, प्राक्टिकलमा १५ अंक, विषयगतमा ५ अंक र आन्तरिकमा ५ अंक छुट्याइएको छ । सेमिनार वैशाख १२ गतेसम्म चल्ने छ । यो सेमिनार गत वर्षदेखि सुरु भएको हो । 

कान्तिपुर

Link copied successfully