क्रिकेटर खुशी ‘फेस अफ कर्पोरेट टी–१०’ नियुक्त

कर्पोरेट टी–१० लिग १० देखि १७ वैशाखसम्म मूलपानीको तल्लो क्रिकेट मैदानमा हुनेछ ।

वैशाख ३, २०८३

इकान्तिपुर डेस्क

Cricketer Khushi appointed as 'Face of Corporate T-10'

काठमाडौं — स्पोर्टस् एन्ड एभेन्ट्सले कर्पोरेट टी–१० लिगका लागि राष्ट्रिय महिला क्रिकेट खेलाडी खुशी डंगोललाई ‘फेस अफ कर्पोरेट टी–१०’ नियुक्त गरेको छ ।

खुशीले सन् २०१७ देखि क्रिकेट खेल्न सुरु गरेकी हुन् । उनले अगस्ट २०२३ मा नेपाली राष्ट्रिय टोलीबाट डेब्यू गरेकी थिइन् । कुवेतविरुद्धको डेब्यु खेलमा उनले पहिलो बलमै विकेट लिएर चर्चा बटुलेकी थिइन् । उनले सन् २०१९ को प्रधानमन्त्री कपमा १ रन पनि खर्चे नगरी ५ विकेट लिएर कीर्तिमान बनाएकी थिइन् । हालसम्म उनले १० अन्तर्राष्ट्रिय खेल खेलिसकेकी छन् ।

खुशीले आफू ‘फेस अफ कर्पोरेट टी–१०’ बन्न पाउँदा उत्साही बनेको बताएकी छन् । यस्ता प्लेटफर्मले महिला खेलाडीलाई थप अवसर प्रदान गर्ने र क्रिकेटमा महिलाको सहभागिता अझ सशक्त बन्ने उनको विश्वास छ ।   

बिहीबार आयोजित कार्यक्रममा काठमाडौं स्पोर्टस् एन्ड एभेन्ट्सका निर्देशक ज्योति भण्डारीले खुशी जस्तो प्रतिभाशाली राष्ट्रिय खेलाडी लिगसँग जोडिनु गर्वको विषय भएको बताए ।

कर्पोरेट टी–१० लिग १० देखि १७ वैशाखसम्म मूलपानीको तल्लो क्रिकेट मैदानमा हुनेछ ।

इकान्तिपुर

Link copied successfully