बायर्न र आर्सनल पुगे सेमिफाइनल

बायर्न म्युनिक र आर्सनलले बुधबार युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनल यात्रा निश्चित गरेका छन् ।

वैशाख ३, २०८३

हिमेश

Bayern and Arsenal reach the semi-finals

काठमाडौँ — बायर्न म्युनिक र आर्सनलले बुधबार युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनल यात्रा निश्चित गरेका छन् । बायर्नले क्वाटरफाइनल दोस्रो लेगमा रियल म्याड्रिडलाई ४–३ ले हरायो र समग्रमा ६–४ को निर्णायक अग्रता लियो ।

एलिनाज एरेनामा भएको खेलमा माइकल ओलिसले दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा गरेको गोल निर्णायक सावित भयो । रियल खेलको अन्त्यमा नौ खेलमा सीमित रहेको थियो । अर्को क्वाटरफाइनल दोस्रो लेगमा आर्सनलले स्पोर्टिङ लिस्वनलाई इमिरेट्समा गोलरहित बराबरीमा रोक्यो र समग्रमा १–० को अग्रता लियो ।

यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अब पहिलो सेमिफाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बायर्न म्युनिकको सामना गर्नेछ । अर्को सेमिफाइनलमा एटलेटिको म्याड्रिड र आर्सनल भिड्ने छन् ।

हिमेश

Link copied successfully