पेरिस सेन्ट जर्मेन (पीएसजी) र एटलेटिको म्याड्रिडले मंगलबार युरोपेली च्याम्पियन्स लिगको सेमिफाइलन यात्रा तय गरेका छन्।
काठमाडौँ — पेरिस सेन्ट जर्मेन (पीएसजी) र एटलेटिको म्याड्रिडले मंगलबार युरोपेली च्याम्पियन्स लिगको सेमिफाइलन यात्रा तय गरेका छन्।
डिफेन्डिङ च्याम्पियन पीएसजीले एनफिल्डमा भएको क्वाटरफाइनल दोस्रो लेगमा लिभरपुललाई २–० ले हरायो र समग्रमा ४–० को अग्रता लियो।
फ्रान्सेली च्याम्पियनका लागि दुवै गोल ओसमन डेम्बेलेले गरे । उनले ७२ औं मिनेटमा पहिलो गोल गरेपछि इन्ज्युरुी समयमा दोस्रो गोल थपे । लगातार दोस्रो सिजन पीएसजीसँग हारेर लिभरपुल यस प्रतियोगिताबाट बाहिरिएको छ ।
अर्को क्वाटरफाइदल दोस्रो लेलगमा बार्सिलोनाले एटलेटिकोलाई २–१ ले पराजित गरे पनि त्यो पुर्नआमगनका लागि पर्याप्त रहेन् । एटलेटिको समग्रमा ३–२ ले अगाडि रह्यो । उसले पहिलो लेग २–० ले जितेको थियो ।
बार्सिलोनाका लागि म्याड्रिडमा लामिन यामल र फेरान टोरेसले गोल गरे । तर एडेमोला लुकमनले एटलेटिकोका लागि गरेको गोल नै निर्णायक सावित भयो ।
