पाँचथरको मिक्लाजुङमा कन्याटार गोल्डकप हुने

प्रतियोगिता जेठ १ सम्म चल्नेछ ।

वैशाख २, २०८३

लक्ष्मी गौतम

Kanyatar Gold Cup to be held in Miklajung, Panchthar

पाँचथर — पाँचथरको मिक्लाजुङ–६ कन्याटारमा यही २६ वैशाखदेखि प्रथम आमन्त्रित कन्याटार गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

मिक्लाजुङका युवाहरू मिलेर आयोजना गर्ने प्रतियोगिता जेठ १ सम्म चल्नेछ । ‘लागूपदार्थ दुर्व्यसन निर्मूल अभियान, कन्याटार गोल्डकप हाम्रो पहिचान’ भन्ने नारासाथ आयोजना हुने प्रतियोगितामा आठ टिमले भाग लिने आयोजकका अध्यक्ष उमेश घिमिरेले जानकारी गराए ।

प्रतियोगिताको विजेताले पुरस्कार १ लाख ११ हजार १११ र उपविजेता टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । सहभागी टिमका खेलाडीलाई म्याचमनी प्रदान गरिने तथा उत्कृष्ट खेलाडीलाई मायाको चिनो प्रदान गरिने घिमिरेले बताए ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully