पाँच किलोमिटर दौडमा साधन र  राजकुमार प्रथम

महिलातर्फ हेटौंडा– १३ की साधना लोप्चन प्रथम, हेटौंडा–१३ कै गंगा मोक्तान द्वितीय र हेटौंडा–३ की स्वस्तिका थिङ तेस्रो भएकी थिइन् ।

वैशाख १, २०८३

प्रताप विष्ट

Sadhan and Rajkumar Pratham in the five-kilometer race

हेटौंडा — नेपाल तरुण दल हेटौंडा उपमहानगरपालिका– ६ नं वडा समितिद्वारा आयोजित पाँच किलोमिटर  खुला दौड प्रतियोगितामा बकैयाका राजकुमार गोले प्रथम भएका छन् ।

नयाँ वर्ष २०८३ को अवसरमा आयोजित प्रतियोगितामा बकैयाकै अनिष थिङ द्वितीय र राक्सिराङका सुभाष हेमजंग तृतीय भए ।  प्रतियोगितामा प्रथम हुनेले १५ हजारसहित मेडल र प्रमाणपत्र द्वितीय हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार प्राप्त गरे । त्यसैगरी महिलातर्फ हेटौंडा– १३ की साधना लोप्चन प्रथम, हेटौंडा–१३ कै गंगा मोक्तान द्वितीय र  हेटौंडा–३ की स्वस्तिका थिङ तेस्रो भएकी थिइन् । 

कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको प्रमुख आतिथ्यता एवं नेपाल तरुण दल जिल्ला  सदस्य राजकुमार बास्तोलाको सभापतित्वमा दौड प्रतियोगिता भएको  हो  । प्रतियोगितामा ४ महिलासहित ३० जनाको सहभागिता रहेको थियो । तरुण दलले नयाँ वर्षको अवसरमा प्रत्येक वर्ष खुला दौड प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully