युनाइटेडलाई हराएर लिड्स सुरक्षित हुँदै

युनाइटेडमाथि लिगमा लिड्स विजयी रहेको सन् २००२ यता पहिलो हो ।

वैशाख १, २०८३

हिमेश

Leeds secure safety after beating United

काठमाडौँ — लिड्स युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सोमबार म्यानचेस्टर युनाइटेडलाई २–१ ले हराएको छ । नोआ ओकाफोरले निर्णायक गोल गरेपछि लिड्सले १० खेलाडीमा सीमित युनाइटेडमाथि ऐतिहासिक जित निकालेको हो ।

युनाइटेडमाथि लिगमा लिड्स विजयी रहेको यो सन् २००२ यता पहिलो हो । यस्तै ओल्ड ट्रायफोर्डमा लिड्स विजयी रहेको यो ४५ वर्षयता पहिलो पटक हो । यो नतिजाले लिड्स रेलिगेसनबाट बच्दै सुरक्षित हुने लगभग तय देखिएको छ ।

लिड्सको ३६ अंक भएको छ र यो रेलिगेसन क्षेत्रबाट ६ अंकको अग्रता हो । युनाइटेड भने ५५ अंकमा तेस्रो स्थानमा रह्यो । ओकाफोरले नै लिड्सलाई अग्रता दिलाएयता कासेमेरोले युनाइटेडका लागि बराबरी गोल फर्काए । लिसान्ड्रो मार्टिनेजले दोस्रो हातमा रातो कार्ड खाएर मैदान छाडे ।

हिमेश

Link copied successfully