कुन्मिङ ओपन टेनिसमा अभिषेक पराजित

क्वालिफाइङ चरणमा लगातार २ जित निकालेका अभिषेकले अन्तिम १६ को प्रतिस्पर्धामा मंगलबार अभिषेक आठौं वरीयताका मिन्हुई झाङसँग सोझो सेटमा पराजित भएका हुन् ।

वैशाख १, २०८३

इकान्तिपुर डेस्क

Abhishek defeated in Kunming Open tennis

काठमाडौं — चीनको कुन्मिङमा जारी आईटीएफ मेन्स वर्ल्ड टेनिस टुरअन्तर्गत एम२५ कुन्मिङ ओपन २०२६ मा नेपाली टेनिस खेलाडी अभिषेक बास्तोला पराजित भएका छन् ।

क्वालिफाइङ चरणमा लगातार २ जित निकालेका अभिषेकले अन्तिम १६ को प्रतिस्पर्धामा मंगलबार अभिषेक आठौं वरीयताका मिन्हुई झाङसँग सोझो सेटमा पराजित भएका हुन् ।

१ घण्टा १८ मिनेट प्रतिस्पर्धा गरेका अभिषेकले ६–२, ६–२ ले खेल गुमाएका थिए ।

कुल ३० हजार डलर पुरस्कार राशिको क्ले कोर्टमा भइरहेको प्रतिस्पर्धा १९ अप्रिलसम्म चल्नेछ । 

अभिषेकले युटीआर प्रो टेनिस टुरमा झन्डै डेढ दर्जन प्रतियोगिता खेलिसकेका छन् । यस वर्ष उनले खेलेको पहिलो आईटीएफ प्रतियोगिता हो । यसअघि पछिल्लो पटक उनले ग्वाममा खेलेका थिए ।

इकान्तिपुर

Link copied successfully