युवा तथा खेलकुद विकास समिति क्व्होलासोथारको आयोजनामा चैत २७ देखि सुरु भएको प्रतियोगिता पुरुषतर्फ ९ टिम र महिलातर्फ ७ टिमले भाग लिएका थिए ।
What you should know
लमजुङ — लमजुङको क्व्होलासोथार गाउँपालिका–३, घलेगाउँमा आयोजित तेस्रो अध्यक्ष कप २०८२ को उपाधि पुरुष र महिला दुवैतर्फ वडा नं ६, पसगाउँले जितेको छ । घलेगाउँको स्वर्गभूमि रंगशालामा सोमबार आयोजित फाइनलमा पुरुषतर्फ सडनडेथमा पसगाउँले वडा नं. ५ सिङ्दीलाई ४–३ गोलले हरायो ।
निर्धारित समय गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा ५–५ जनाले बल प्रहार गरेकामा ३–३ समान गोलपछि खेल सडनडेथमा पुगेको थियो । सडन डेथमा सिङ्दीले गोल गर्न चुक्दा पसगाउँको भाग्य चम्किएको हो ।
पुरुषतर्फ विजेता पसगाउँले १ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता सिङ्दीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ । पुरुषतर्फ वडा नं. ५ सिङ्दीलाई हराउँदै पसगाउँ विजेता बनेको हो। निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो। पहिलो चरणमा ३–३ को बराबरी भएपछिको सडनडेथमा सिङ्दी गोल गर्न चुकेपछि पसगाउँ ४–३ गोलले विजयी बनेको हो । युवा तथा खेलकुद विकास समिति क्व्होलासोथारको आयोजनामा स्मार्ट भिलेज घलेगाउँस्थित स्वर्गभूमि रंगशालामा सोमबार सम्पन्न फाइनल खेलमा ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।
महिलातर्फ पसगाउँले वडा नं १, बाग्लुङपानीलाई ३–० गोलअन्तरले हराउँदै उपाधि उचालेको छ । महिला विजेता पसगाउँले ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बाग्लुङपानीले २५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।
पुरुषतर्फ वडा नं ६ पसगाउँका टिम कप्तान नवराज गुरुङ ६ गोलसहित सर्वाधिक गोलकर्ता भए । वडा नं ५ सिङ्दीका बनिष गुरुङ उत्कृष्ट खेलाडी बने । उनीहरूलाई जनही ५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकका सचिव डिलेश्वर गुरुङले जानकारी दिए ।महिलातर्फ वडा नं ४ भुजुङकी सरिता विक ४ गोलसहित सर्वाधिक गोलकर्ता भइन् । वडा नं ६ पसगाउँकी ललिता गुरुङ उत्कृष्ट खेलाडी बनिन् । उनीहरूलाई जनही ३ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
विजेता तथा उपविजेता टोलीका खेलाडीलाई पूर्वमन्त्री पृथ्वीसुब्बा गुरुङ, क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ, उपाध्यक्ष गमीमाया गुरुङ, पालिकाका पूर्वउपाध्यक्ष कुमारी मुनी गुरुङ, आयोजक समितिका अध्यक्ष नौराज गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।
युवा तथा खेलकुद विकास समिति क्व्होलासोथारको आयोजनामा चैत २७ देखि सुरु भएको प्रतियोगिता पुरुषतर्फ ९ टिम र महिलातर्फ ७ टिमले भाग लिएका थिए ।
