यो जितपछि इन्टरले शीर्ष स्थानमा ९ अंकको अग्रता पनि लिएको छ ।
काठमाडौँ — इन्टर मिलानले इटालीको 'सिरी ए' मा आइतबार कोमोमाथि रोमाञ्चक ४–३ को जित रच्दै एक हात उपाधिमाथि राखेको छ । इन्टरले दुई गोलले पछाडि रहेको स्थितिबाट यो जित निकालेको हो । यो जितपछि इन्टरले शीर्ष स्थानमा ९ अंकको अग्रता पनि लिएको छ ।
दिनको सुरुमा नेपोलीले पार्मासँग १–१ को बराबरी खेलेपछि इन्टरलाई फाइदा पुगेको हो । कोमोमा भएको खेलमा मार्कस थुराम डेनजेल डुमफ्रेसले इन्टरका लागि दुई दुई गोल गरे ।
त्यस अगाडि कोमोले एलेक्स भाले र निको पाजको गोलले कोमोले दुई गोलको अग्रता लिएको थियो, तर त्यसलाई अन्ततः कायम भने राख्न सकेन् । यो नतिजापछि इन्टर ७५ अंकमा शीर्ष स्थानमा रह्यो भने नेपोली ६६ अंकमा दोस्रोमा छ ।
