चेल्सीमाथिको जितपछि सिटीको ३१ खेलबाट ६४ अंक भएको छ । आर्सनलले एक खेल बढी खेलेको छ र ७० अंकसहित शीर्ष स्थानमा रहेको छ ।
काठमाडौँ — इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले आइतबार चेल्सीलाई ३–० ले पराजित गरेर उपाधि होडमा रहेको आर्सनलमाथि दबाब बढाएको छ । यो जितपछि सिटीको ३१ खेलबाट ६४ अंक भएको छ ।
आर्सनलले एक खेल बढी खेलेको छ र ७० अंकसहित शीर्ष स्थानमा रहेको छ । स्टायनफोर्ड ब्रिजमा भएको खेलमा सिटीका लागि निको ओरेली, मार्क गुएही र जेरेमी डुकुले गोल गरे ।
हारले चेल्सीको अर्को सिजन युरोपेली च्याम्पियन्स लिगमा खेल्ने सम्भावना कमजोर बनेको छ । यो नतिजापछि चेल्सी ४८ अंकमा छैटौं स्थानमा रह्यो । यो पाँचौँ स्थानमा रहेको लिभरपुलसँग चार अंकको दूरी हो ।
