पृथु कर्पोरेट टी–१० लिगको एम्बासडर

सोमबार उनलाई लिगको ब्रान्ड एम्बेसडरका रूपमा सार्वजनिक गरिएको हो ।

चैत्र ३०, २०८२

कान्तिपुर संवाददाता

Ambassador of Prithu Corporate T-10 League

काठमाडौँ — स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले आयोजना गर्ने कर्पोरेट टी–१० लिगका लागि क्रिकेटर पृथु बास्कोटा ब्रान्ड एम्बासडर नियुक्त भएका छन् । 

नेपाली राष्ट्रिय टोलीबाट खेल्दै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा महत्त्वपूर्ण योगदान दिएका पृथु अनुभवी क्रिकेटर हुन् । उनले आफूलाई कर्पोरेट टी–१० लिगको ब्रान्ड एम्बासडर बन्न पाउँदा अत्यन्त उत्साही र गौरवान्वित महसुस भएको बताए ।  

काठमाडौं स्पोर्ट्स एन्ड इभेन्ट्सका निर्देशक ज्योति भण्डारीले पृथु बास्कोटालाई ब्रान्ड एम्बासडरको रूपमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए ।

कर्पोरेट टी–१० लिग वैशाख १० देखि १७ गतेसम्म काठमाडौंको तल्लो  मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा विभिन्न कर्पोरेट टिमहरूको सहभागिता रहनेछ ।

कान्तिपुर

Link copied successfully