नोरडी मुखिलेले ६१ औं मिनेटमा गरेको गोल निर्णायक साबित भयो ।
काठमाडौँ — सन्डरल्यान्डले इंग्लिस प्रिमियर लिगमा आइतबार टोटनहमलाई १–० ले पराजित गरेको छ । नोरडी मुखिलेले ६१ औं मिनेटमा गरेको गोल निर्णायक साबित भयो । हारले टोटनहममाथि रेलिगेसनको दबाब अझ बढेको छ । अहिले टोटनहम ३० अंकमा सीमित रहेर १८ औं स्थानमा छ ।
सन्डरल्यान्ड भने ४६ अंकमा दसौं स्थानमा उक्लेको छ । नटिंघम फरेस्ट र एस्टन भिल्लाबीचको खेल भने १–१ को बराबरीमा टुंगेको छ । भिल्ला ५५ अंकमा चौथो स्थानमा कायम छ र यो उसको पछाडि रहेको लिरभपुलसँग तीन अंकको दूरी हो ।
यस्तै, क्रिस्टल प्यालेसले भने न्युकासल युनाइटेडमाथि २–१ को पुनरागमन जित रच्यो । त्यसमा जियान फिलिपेले दुई गोल गरे र उनको निर्णायक गोल दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा पेनाल्टीबाट सम्भव भएको थियो ।
