मिलानको उपाधि होडमा कमजोर हुँदै

घरेलु मैदान सानसिरोमा भएको खेलमा उसालई युडिनेजीले सजिलै ३–० ले पराजित गरेको हो ।

चैत्र २९, २०८२

कान्तिपुर संवाददाता

Milan's title race is weakening

काठमाडौँ — एसी मिलानले यो सिजन इटालीको सिरी ए उपाधि जित्ने सम्भावनामा अझ कमजोर भएको छ । घरेलु मैदान सानसिरोमा भएको खेलमा उसालई युडिनेजीले सजिलै ३–० ले पराजित गरेको हो ।

डाभिड बारटेसघीको आत्मघाती गोलले अग्रता लिएको युडिनेजीका लागि योर्गन एकेलेक्याम्प र आर्थर आटाले एक एक गोल थपे ।

अर्को प्रमुख खेलमा युभेनट्सले एटलान्टालाई १–० ले हरायो र अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने सम्भावना जीवन्त राख्यो । त्यसमा जेरेमी बोगाले ४८ औं मिनेटमा निर्णायक गोल गरे । लिग तालिकामा मिलान ६३ अंकमा तेस्रो स्थानमा रह्यो ।

युभेन्ट्स भने ६० अंकमा चौथो स्थानमा उक्लिएको छ । लिग तालिकाको शीर्ष दुईमा इन्टर मिलानको ७२ र नेपोलीको ६५ अंक रहेको छ ।

कान्तिपुर

Link copied successfully