इंग्लिस प्रिमियर लिगमा लिभरपुलले शनिबार फुलहमलाई २–० ले पराजित गर्दै फेरि जितको बाटोमा फर्केको छ ।
काठमाडौँ — इंग्लिस प्रिमियर लिगमा लिभरपुलले शनिबार फुलहमलाई २–० ले पराजित गर्दै फेरि जितको बाटोमा फर्केको छ । लगातार तीन हारपछि लिभरपुलको यो पहिलो जित हो । त्यसमा उदयमान स्टार खेलाडी रियो एनगुमोहा र मोहमद सलाहले एक एक गोल गरे ।
एनफिल्डमा भएको खेल जितेपछि लिभरपुल ५२ अंकमा पाँचौं स्थानमा रह्यो । यो चौथो स्थानमा रहेको एस्टन भिल्लासँग चार अंकको दूरी हो । फुलहम भने ४४ अंकमा ११ औं स्थानमा छ । शनिबारका अन्य खेलमा ब्राइटनले बर्नलीलाई २–० ले हरायो ।
ब्रेन्टफोर्ड र एभरटनले भने २–२ को बराबरी खेले । त्यस अगाडि शीर्ष स्थानमा रहेको आर्सनल बर्नमाउथको हातबाट घरमै २–१ ले पराजित भएको थियो ।
