गुजरातको लखनउमाथि प्रभावशाली जित

नतिजापछि गुजरात ४ अंकमा पाँचौं स्थानमा उक्लेको छ भने लखनउ ४ अंकमै रहेर छैटौं स्थानमा झरेको छ ।

चैत्र २९, २०८२

कान्तिपुर संवाददाता

Gujarat's impressive win over Lucknow

काठमाडौं — गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा आइतबार लखनउ सुपर जायन्ट्समाथि प्रभावशाली ७ विकेटको जित निकालेको छ । प्रसिद्ध कृष्णले उत्कृष्ट बलिङ गरेपछि पहिले ब्याटिङ गरेको लखनउले ८  विकेट गुमाएर १६४ रन मात्र बनाएको थियो ।

प्रसिद्धले २८ रनमा ४ विकेट लिए र उनी नै प्लेयर अफ द म्याच रहे । लखनउका लागि ओफनर एडेन मारक्रमले बनाएको ३१ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्‍यो । जवाफमा गुजरातले १८.४ ओभरमा तीन विकेट गुमाएर १ सय ६५ रन बनायो ।

त्यसमा कप्तान शुभमन गिलले ५६ र जस बटलरले ६० रन बनाए । यो नतिजापछि गुजरात ४ अंकमा पाँचौं स्थानमा उक्लेको छ भने लखनउ ४ अंकमै रहेर छैटौं स्थानमा झरेको छ ।

कान्तिपुर

Link copied successfully