लामिन यामलले एक गोल गर्दै अन्य दुईमा सहयोगी भूमिका निभाएपछि बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार इस्पनयोललाई सजिलै ४–१ ले हराएको छ र टिम उपाधितर्फ उन्मुख रहेको छ ।
काठमाडौँ — लामिन यामलले एक गोल गर्दै अन्य दुईमा सहयोगी भूमिका निभाएपछि बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार इस्पनयोललाई सजिलै ४–१ ले हराएको छ र टिम उपाधितर्फ उन्मुख रहेको छ । क्याम्प नुमा फेरान टोरेसले दुई गोल गरे ।
यस्तै यामल र मार्कस रसफोर्डले एक एक गोल थपे । यो जितपछि बार्सिलोनाले शीर्ष स्थानमा नौ अंकको ठोस अग्रता लिएको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिड अघिल्लो दिनको खेलमा बराबरीमा रोकिएपछि बार्सिलोनालाई फाइदा भएको हो ।
बार्सिलोनाको ३१ खेलबाट ७९ अंक छ । चौथो स्थानमा रहेको एटलेटिको म्याड्रिड भने अर्को खेलमा सेभियाको हातबाट २–१ ले पराजित रह्यो । एटलेटिको ५७ अंकमै सीमित रह्यो । सेभिया ३४ अंकमा १५ औं स्थानमा छ ।
