आन्द्रियाशले उचाले प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि

इलामका दिवश शंकरलाई पराजित गर्दै कोशी प्रदेशस्तरीय व्याडमिन्टन प्रतियोगिताको उपाधि ताप्लेजुङका आन्द्रियाश लिम्बूले उचालेका छन् ।

चैत्र २९, २०८२

आनन्द गौतम

Andriyash lifts the title of the provincial level badminton tournament

काठमाडौँ — कोशी प्रदेशस्तरीय व्याडमिन्टन प्रतियोगिताको उपाधि ताप्लेजुङका आन्द्रियाश लिम्बूले जितेका छन् । इलामका दिवश शंकरलाई पराजित गर्दै लिम्बूले २५ हजार नगद पुरस्कारको उपाधि जितेका हुन् ।

उपविजेता दिवसले २० हजारमा चित्त बुझाए। पाँचथरका किरण श्रेष्ठ र ताप्लेजुङका मिलिन गुरुङले सान्त्वना पुरस्कार नगर ५ हजार प्राप्त गरे । मिक्स डवलतर्फ ताप्लेजुङका मिलिन गुरुङ र उदयपुरकी रोजी राईको जोडीले उपाधि जित्यो ।

ताप्लेजुङका आन्द्रियाश लिम्बू र भोजपुरकी एन्जिला राईको जोडी उपविजेता बन्यो। प्रथमले २० र द्वितीयले १५ हजार नगद पुरस्कार प्राप्त गरे । मिक्स डवलतर्फ ताप्लेजुङका मिसेकहाङ चोङबाङ र निङमा डोल्मा शेर्पा तथा पाँचथरका शैलेश आङदेम्बे र सलोमी आङदेम्बेको जोडीले पाँच हजारका दरले सान्त्वना पुरस्कार प्राप्त गरे ।

जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा इन्द्रेणी व्याडमिन्टन कोटमा प्रतियोगिता भएको थियो ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully