चीनको कुन्मिङमा क्वालिफाइङ चरणको पहिलो खेलमा अभिषेकले चिनियाँ खेलाडी जिलोङ हुवाङलाई सोझो सेटमा हराएका थिए । अभिषेकले ६–१, ६–४ को सोझो सेटमा नतिजा निकाले ।
काठमाडौँ — नेपाली प्रो टेनिस खेलाडी अभिषेक बास्तोलाले आईटीएफ मेन्स वर्ल्ड टेनिस टुरअन्तर्गत एम२५ कुन्मिङ ओपन २०२६ को क्वालिफाइङ चरणमा पहिलो जित पाएका छन् ।
चीनको कुन्मिङमा क्वालिफाइङ चरणको पहिलो खेलमा अभिषेकले चिनियाँ खेलाडी जिलोङ हुवाङलाई सोझो सेटमा हराएका थिए । अभिषेकले ६–१, ६–४ को सोझो सेटमा नतिजा निकाले । उनले सोमबार यसै चरणको अर्को खेल खेल्नेछन् । त्यसमा सफलता पाए उनी मेन्स सिंगलको मुख्य ‘ड्र’ का प्रतिस्पर्धी बन्ने छन् । त्यो मंगलबार सुरु हुनेछ ।
कुल ३० हजार डलर पुरस्कार राशिको क्ले कोर्टमा हुने स्पर्धा १९ अप्रिलसम्म चल्नेछ । अभिषेकले युटीआर प्रो टेनिस टुरमा झन्डै डेढ दर्जन प्रतियोगिता खेलिसकेका छन् ।
