वेस्ट ह्यामले इंग्लिस प्रिमियर लिगमा शुक्रबार उल्भ्सलाई ४-० ले पराजित गर्दै लिग तालिकाको रेलिगेसन क्षेत्र छाडेको छ ।
काठमाडौँ — वेस्ट ह्यामले इंग्लिस प्रिमियर लिगमा शुक्रबार उल्भ्सलाई ४-० ले पराजित गर्दै लिग तालिकाको रेलिगेसन क्षेत्र छाडेको छ ।
यो नतिजापछि टोटनहम भने पुछारका तीन स्थानमा झरेको छ । वेस्ट ह्यामका लागि कोन्सटान्टिनोस काभ्रोपानोस र भ्यालेन्टिन कासटेलानोसले दुई दुई गोल गरे ।
यो जितपछि ३२ खेलबाट वेस्ट ह्यामको ३२ नै अंक भएको छ । एक खेल कम खेलेको टोटनहम भने ३० अंकमा १८ औं स्थानमा रह्यो । उल्भ्स भने १७ अंकमा सीमित रहेर सबैभन्दा अन्तिम स्थानमा छ र उसको रेलिगेसन तय जस्तै छ ।
टोटनहम सन् २०१५ यता पहिलो पटक रेलिगेनस क्षेत्रमा पुगेको हो । अब आइतबार हुने खेलमा टोटनहमले सन्डरल्यान्डको सामना गर्नेछ ।
