राष्ट्रिय रग्बी सेभेन्सको सेमिफाइनल समीकरण

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार पुरुषतर्फ समूह ‘ए’ बाट त्रिभुवन आर्मी क्लब विजेता र गण्डकी प्रदेश उपविजेता बन्दै सेमिफाइनलमा पुगे ।

चैत्र २८, २०८२

कान्तिपुर संवाददाता

National Rugby Sevens Semi-Final Draw

काठमाडौँ — राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनल समीकरण पूरा भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार पुरुषतर्फ समूह ‘ए’ बाट त्रिभुवन आर्मी क्लब विजेता र गण्डकी प्रदेश उपविजेता बन्दै सेमिफाइनलमा पुगे । आर्मीले लिग चरणमा कर्णाली प्रदेशलाई ३७–०, गण्डकी प्रदेशलाई १७–५ तथा मधेश प्रदेशलाई ७४–० स्कोरले हराएको थियो ।

गण्डकी प्रदेशले मधेशलाई ३६–० र कर्णालीलाई १२–५ ले पराजित गरे पनि आर्मीसँग १७–५ ले हार बेहोर्दै उपविजेताको रूपमा अन्तिम चारमा स्थान सुरक्षित गर्‍यो ।

समूह ‘बी’ बाट एपीएफ विजेता र कोशी प्रदेश उपविजेता भए । एपीएफले कोशीलाई २४–० र बागमतीलाई ३४–० ले हराएर सेमिफाइनलमा स्थान बनाए । कोशीले सुरुआती हारपछि बागमतीलाई २९–५ ले पराजित गर्दै उपविजेताका रूपमा अघि बढ्यो ।

महिलातर्फ समूह ‘ए’ को समीकरण टुंगिएको छ । बागमती प्रदेश विजेता र कर्णाली प्रदेश उपविजेता भएर सेमिफाइनलमा प्रवेश गरेका छन् । बागमतीले मधेसलाई ३५–० ले हराउनुका साथै कर्णालीसाग १०–१० को बराबरी खेल्दै लुम्बिनीलाई २०–० ले पराजित गरी समूह विजेता बन्यो ।

कर्णालीले बागमतीसाग बराबरी खेल्दै लुम्बिनीलाई २४–० र मधेशलाई २७–० ले हराएर उपविजेता बन्यो ।

महिातर्फ समूह ‘बी’ को भने एक खेल बाँकी छ । यस समूहबाट त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगिसकेको छ । आर्मीले एपीएफलाई १४–५ र सुदूरपश्चिम प्रदेशलाई ४४–० ले पराजित गर्दै समूह विजेता बनेको हो । अब सुदूरपश्चिम र एपीएफबीच हुने खेलपछि समूह ‘बी’ बाट सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ ।  

कान्तिपुर

Link copied successfully