दुई दिने प्रतियोगितामा १ सय ३० गल्फर प्रतिस्पर्धी रहेकोमा स्टेबलफोर्ड फरम्याटमा ३/४ ह्यान्डीक्यापका आधारमा खेलाइएको थियो ।
काठमाडौँ — गोर्खा ब्रुअरीद्वारा रोयल नेपाल गल्फ कोर्समा आयोजित कार्ल्सबर्ग गल्फ क्लासिक पुरुषतर्फ करवीर तामाङ ४८ काउन्टब्याक स्कोरसहित विजेता भएका छन् ।
दुई दिने प्रतियोगितामा १ सय ३० गल्फर प्रतिस्पर्धी रहेकोमा स्टेबलफोर्ड फरम्याटमा ३/४ ह्यान्डीक्यापका आधारमा खेलाइएको थियो ।
अश्मांक कार्की समान ४८ काउन्टब्याक स्कोरसहित रनरअप भए । बेस्ट ग्रस विनरको उपाधि हरिबहादुर थापा ले ३५ स्कोरसहित जिते । महिलातर्फ सुष्मा सिंह ३६ स्कोरसहित विजेता र तारा कार्की चित्रकार ३४ काउन्टब्याक स्कोरसहित रनरअप भए ।
सिनियरतर्फ ६५ वर्षमाथि पुरुष समूहमा मेजर विजय मोक्तान विजेता र क्याप्टेन मोहन गुरुङ रनरअप बने । सुपर सिनियर (७५ वर्षमाथि) तर्फ क्याप्टेन मणिलाल थापा विजेता भए । महिलातर्फ सिनियर ६० वर्षमाथिमा देवी पुलामी र सुपर सिनियर ७० वर्षमाथिमा सन्ध्या राई विजेता चुनिए ।
विशेष विधातर्फ हरिबहादुर थापाले होल नम्बर १२ मा होल इन वान गर्दै प्रतियोगितामा विशेष आकर्षण थपे । मोस्ट बर्डिजको अवार्ड करवीर तामाङले चार बर्डिजसहित जिते । लङ्गेस्ट ड्राइभमा सरोज थापा, क्लोजेस्ट टु द पिनमा खिम गौचन र स्पोर्ट्सम्यानसिप ब्रिगेडियर जनरल शशिकिरण रायमाझीले पाए ।
