इमिरेट्समा भएको खेलमा बर्नमाउथले लिग तालिकाको शीर्षमा रहेको आर्सनललाई २–१ ले स्तब्ध पारेको हो । यो नतिजाले म्यानचेस्टर सिटीको उपाधिका लागि चुनौती दिने सम्भावना जीवन्त बनेको छ ।
काठमाडौँ — इंग्लिस प्रिमियर लिगको उपाधि होडमा आर्सनलले बर्नमाउथको हातबाट शनिबार ठूलो धक्का बेहोरेको छ । इमिरेट्समा भएको खेलमा बर्नमाउथले लिग तालिकाको शीर्षमा रहेको आर्सनललाई २–१ ले स्तब्ध पारेको हो । यो नतिजाले म्यानचेस्टर सिटीको उपाधिका लागि चुनौती दिने सम्भावना जीवन्त बनेको छ ।
भ्रमणकारी टिमले जुनियर क्रोउपीको गोलले अग्रता लिएको थियो । लगत्तै पहिलो हाफमै पेनाल्टीको माध्यमबाट आर्सनलका लागि भिक्टर ग्योकुरेसले बराबरी गोल फर्काए । खेलको ७४ औं मिनेटमा एलेक्स स्कटले बर्नमाउथका लागि निर्णायक गोल गरे ।
लिगमा छ चरणको खेल बाँकी छँदा आर्सनललाई शीर्षर्मा नौ अंकको अग्रता प्राप्त छ । सन् २००४ यता पहिलो लिग उपाधि जित्ने अभियानमा रहेको आर्सनलको ३२ खेलबाट ७० अंक छ । सिटी भने ३० खेलबाट ६१ अंक रहेको छ ।
