भिल्लाको एक पाइला सेमिफाइनलमा

एस्टन भिल्लाले युरोपा लिग क्वाटरफाइनल पहिलो लेगमा बिहीबार बोलोग्नालाई ३–१ ले हराएको छ र यसक्रममा एक पाइला सेमिफाइनलमा राखेको छ ।

चैत्र २७, २०८२

हिमेश

Villa one step closer to semi-finals

काठमाडौँ — एस्टन भिल्लाले युरोपा लिग क्वाटरफाइनल पहिलो लेगमा बिहीबार बोलोग्नालाई ३–१ ले हराएको छ र यसक्रममा एक पाइला सेमिफाइनलमा राखेको छ ।

बोलोग्नामा भएको खेलमा भिल्लाका लागि ओली वाट्किन्सनले दुई गोल गरे । अर्को गोल एजरी कोन्साले गरे । बोलोग्नाका तर्फबाट जोनाथन रोले एक गोल फर्काए ।

यस जितपछि भिल्लाको ३० वर्षयता पहिलो उपाधि जित्ने सम्भावना जीवन्त रह्यो । उसले अन्तिम पटक लिगकपको उपाधि जितेको थियो ।

फ्रेबर्गले भने आफ्नो घरमा सेल्टा भिगोलाई ३–० ले पराजित गर्‍यो । युरोपा लिगमा फ्रेबर्गले घरमा जितेको यो लगातार दसौं खेल हो ।

हारपछि सेल्टा भिगोलाई तीन गोलले पछाडि रहेको स्थिति उल्टाउन गाह्रो हुनेछ । त्यस्तै एफसी पोर्टो र नटिंघम फरेस्टले भने १–१ को बराबरी खेले ।

हिमेश

Link copied successfully