भरौलमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा पथरीले जर्जियन फुटबल क्लब कालिम्पोङ भारतलाई २–१ गोल अन्तरले पराजित गर्दै पथरी स्पोर्टिङ फाइनल पुगेको हो ।
सुनसरी — पथरी स्पोर्टिङ क्लब सुनसरीको बराहक्षेत्रमा जारी नवौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण भरौल गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
न्यू स्टार क्लबको आयोजनामा जडेज खेल मैदान भरौलमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा पथरीले जर्जियन फुटबल क्लब कालिम्पोङ भारतलाई २–१ गोल अन्तरले पराजित गर्दै पथरी स्पोर्टिङ फाइनल पुगेको हो । पथरीको जितमा मिलन राई नायक बने । उनी एक्लैले २ गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए पनि दोस्रो हाफमा मिलनले दुवै गोल गरेर आफ्नो टिमलाई उपाधि नजिक पुर्याए । खेलको ४९ औं मिनेटमा जर्जियनका खेलाडीले मिलनलाई डि–बक्समा फउल गरेपछि पथरीले पेनाल्टी हान्ने अवसर पाएको थियो । उक्त अवसरलाई मिलनले गोलमा परिणत गरे ।
५६ औं मिनेटमा योगेश गुरुङले उपलब्ध गराएको बललाई मिलनले नै जाली चुमाएपछस पथरीको अग्रता दोब्बर भएको थियो । खेलको ६७ औं मिनेटमा जर्जीयनका खेलाडी सुबद मुण्डाले पेनाल्टीमार्फत गोल फर्काए पनि बाँकी समय गोल नभएपछस पथरीले २–१ को स्पष्ट जित निकालेको हो । मिलन खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद ५ हजार हात पार्न सफल भए ।
फाइनल खेल चैत २९ गते हुनेछ । प्रतियोगिताको विजेताले ४ लाख र उपविजेताले २ लाख प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृट खेलाडीले २५ हजार र विधागत उत्कृष्ट खेलाडीलाई जनही १० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
