रूपन्देही सुपरलिग : सैनामैनाको पहिलो जित

प्रोफेसनल मास्टर्स–११ लाई ७६ रनले पराजित गर्दै सैनामैनाले जारी प्रतियोगितामा पहिलो जित हात पारेको हो ।

चैत्र २६, २०८२

माधव ढुंगाना

Rupandehi Super League: Saina Maina's first win

भैरहवा — २४औं संस्करणको रूपन्देही सुपरलिग एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत ‘बी’ डिभिजनको बिहीबारको खेलमा सैनामैना क्रिकेट क्लबले पहिलो जित निकालेको छ । प्रोफेसनल मास्टर्स–११ लाई ७६ रनले पराजित गर्दै सैनामैनाले जारी प्रतियोगितामा पहिलो जित हात पारेको हो । 

सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सैनामैनाले ४८ ओभरमा ९ विकेटको नोक्सानीमा १ सय ८५ रन बनायो । उसका लागि अप्सन गैरेले ३८, सुनिल पौडेलले २९, गणेश घिमिरेले २६, मनीष क्षेत्रीले २०, निश्चल क्षेत्रीले १९ र किरण भट्टराईले १२ रन बनाए । 

बलिङमा प्रोफेसनलका करण यादवले ३, सोइब हसन मुसलमान र समिर कँडेलले २–२ तथा मनसन सिंह र निरज मौर्यले १–१ विकेट हात पारे । 

जवाफी ब्याटिङ गरेको प्रोफेसनलले ३३ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय ९ रन मात्रै बनायो । उसलाई सस्तैमा रोक्न बलिङमा सैनामैनाका किरण भट्टराई र निश्चल क्षेत्रीले ३–३, सुनिल पौडेलले २ तथा अप्सन गैरे र विक्रम गौतमले १–१ विकेट लिए । 

प्रोफेसनलका समिर कँडेलले २६, विक्की सुनारले १३, सार्थक धिताल र करण यादवले १२–१२ तथा अजय रसाइलीले ११ रन बनाए । खेलमा अप्सन गैरे प्लेयर अफ द म्याच भए ।

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully