बार्सिलोना हार्दा पीएसजीको जित

पीएसजीले पेरिसमा भएको खेलमा लिभरपुललाई २–० ले पराजित गरेको हो । त्यसमा डिजाएर डोउले ११ औं मिनेटमा पहिलो गोल गरे ।

चैत्र २६, २०८२

हिमेश

PSG wins when Barcelona loses

काठमाडौँ — डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बुधबार युरोपेली च्याम्पियन्स लिग क्वाटरफाइनल पहिलो लेगमा जित आत्मसात् गर्दा बार्सिलोना भने पराजित भएको छ । पीएसजीले पेरिसमा भएको खेलमा लिभरपुललाई २–० ले पराजित गरेको हो । त्यसमा डिजाएर डोउले ११ औं मिनेटमा पहिलो गोल गरे ।

त्यसपछि ख्विचा क्वारत्सखेलियाले ६५ औं मिनेटमा दोस्रो गोल थपे । अब पीएसजीले यो दुई गोलको अग्रतालाई रक्षा गर्न एनफिल्डको भ्रमण गर्नेछ । बार्सिलोना भने आफ्नो घरेलु मैदानमा एटलेटिको म्याड्रिडको हातबाट २–० ले पराजित भएको हो । दस खेलाडीमा सीमित बार्सिलोनालाई अब एटलेटिकोको घरमा आफू पछाडि रहेको स्थिति उल्टाउनु पर्नेछ ।

खेलको ४४ औं मिनेटमा पउ कुबार्सी रातो कार्डमा मैदान छाड्न बाध्य रहे र बार्सिलोना दबाबमा आएको थियो । त्यसपछि एटलेटिकोका लागि जुलियन एल्भारेजले ४५ र एलेक्जान्डर सोरलोथले ७० औं मिनेटमा गोल गरे । एटलेटिकोले अहिलेसम्म च्याम्पियन्स लिगको उपाधि जितेको छैन ।

हिमेश

Link copied successfully