नेपाल क्रिकेट संघ (क्यान) का अनुसार ओमान, स्कटल्यान्ड र अमेरिकाले लिग २ को तयारीको रूपमा नेपाल ‘ए’ सँग खेल्न लागेको हो ।
काठमाडौँ — आईसीसी क्रिकेट विश्वकप लिग २ खेल्न काठमाडौं आउने टोलीसँग नेपाल ‘ए’ ले कुल ६ अभ्यास खेल खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार ओमान, स्कटल्यान्ड र अमेरिकाले लिग २ को तयारीको रूपमा नेपाल ‘ए’ सँग खेल्न लागेको हो ।
क्यानका अनुसार नेपाल ‘ए’ ले ओमानसँग २२ र २४ अप्रिलमा, स्कटल्यान्डसँग ६ र ९ मेमा तथा अमेरिकासँग ७ र ११ मेमा खेल्ने छ । सबै खेल ५० ओभरको स्वरुपमा मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा हुनेछ ।
ओमान र यूएईले अप्रिल २५ देखि सुरु हुने लिग २ को शृंखलामा नेपालसँग खेल्दै छ । त्यस्तै अमेरिका र स्कटल्यान्डले मे १२ देखि नेपालसँग लिग २ को शृंखलामा प्रतिस्पर्धा गर्दै छन् । लिग २ को शृंखला सुरु हुनुअघि ओमान, स्कटल्यान्ड र अमेरिकाले नेपाल ‘ए’ सँग खेल्ने छ ।
