दिल्लीविरुद्ध गुजरातको १ रनको रोमाञ्‍चक जित

घरेलु मैदान अरुण जेट्ली स्टेडियममा दिल्लीले अन्तिम बलमा दुई रन चाहिँदा त्यसलाई पूरा गर्न सकेन ।

चैत्र २६, २०८२

एजेन्सी

Gujarat's thrilling 1-run win over Delhi

काठमाडौँ — गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा बुधबार पहिलो जित निकालेको छ । यसका लागि गुजराजले दिल्ली क्यापिटल्सलाई नाटकीय ढंगमा १ रनले हराएको छ ।

घरेलु मैदान अरुण जेट्ली स्टेडियममा दिल्लीले अन्तिम बलमा दुई रन चाहिँदा त्यसलाई पूरा गर्न सकेन ।कुलदीप यादव रनआउट भए । त्यसको अर्को छेउ डेविड मिलर २० बलमा ४१ रन बनाएर नटआउट रहे ।

जितका लागि २ सय ११ रनको लक्ष्य पछ्याएको दिल्लीले ८ विकेट गुमाएर २ सय ९ रनमात्र बनाउन सक्यो । त्यसमा ओपनर पथुम निसान्काले पहिलो विकेटका केएल राहुलसँग मिलेर ७६ रनको साझेदारी गरेका थिए । निसान्काले २४ बलमा ४१ रन बनाए । राहुलले भने सर्वाधिक ९२ रनको योगदान गरे । उनले ५२ बलमा ११ चौका र ४ छक्का प्रहार गरे । तर यी सबै निर्णायक हुन सकेनन् ।

Gujarat's thrilling 1-run win over Delhi

त्यसअघि पहिला ब्याटिङको निम्तो पाएको गुजरातले चार विकेटमा २ सय १० रन बनाएको थियो । त्यसमा सबैभन्दा ठूलो योगदान कप्तान शुभमन गिलको रह्यो । उनले ४५ बलमा ७० रन बनाए । उनको ब्याटबाट ४ चौका र ५ छक्का निस्केको थियो । जस बटलरले २७ बलमा ५२ रन जोडेका थिए । उनले ३ चौका र ५ छक्का प्रहार गरे ।

गिलले बटलरसँग मिलेर दोस्रो विकेटका लागि ६० रनको साझेदारी गरे । त्यसपछि अर्धशतक बनाउने पालो वासिङटन सुन्दरको रह्यो । उनले ३२ बलमा ६ चौका र २ छक्कासहित ५५ रन बनाए । दिल्लीका बलरमध्ये मुकेश कुमारले ५५ रनमा २ विकेट लिए । दिल्लीको यो प्रतियोगितामा पहिलो हार हो । गुजरातले यसअघि दुई खेल गुमाएको थियो ।

एजेन्सी

Link copied successfully