बार्यन र आर्सनललाई अग्रता

भिन्सेन्ट कोम्पनीको बायर्न यो सिजन युरोपमा सबैभन्दा उत्कृष्ट टिम रहेको छ र यसक्रममा उसले रियलको घरमा शानदार खेल प्रदर्शन गरेको हो ।

चैत्र २५, २०८२

कान्तिपुर संवाददाता

Bayern and Arsenal lead

काठमाडौँ — लुइस डियाज र ह्यारी केनको गोलको मदतले युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनल पहिलो लेगमा बायर्न म्युनिकले मंगलबार रियल म्याड्रिडलाई २–१ ले पराजित गरेको छ । बर्नाबाउमा भएको खेल जितेर बायर्नले ठोस अग्रता लिएको छ । कीर्तिमान १५ पल्टको विजेता रियलका लागि केयलिन एमबापले एक गोल फर्काए ।

भिन्सेन्ट कोम्पनीको बायर्न यो सिजन युरोपमा सबैभन्दा उत्कृष्ट टिम रहेको छ र यसक्रममा उसले रियलको घरमा शानदार खेल प्रदर्शन गरेको हो । अब बायर्नसामु आफ्नो घरेलु मैदानमा त्यो अग्रतालाई रक्षा गर्ने अवसर हुनेछ । आर्सनलले अर्को क्वाटरफाइनल पहिलो लेगमा स्पोर्टिङ लिस्वनलाई १–० ले हरायो ।

पोर्चुगलमा भएको खेलमा आर्सनलका लागि काई हाभरटेजले गोल गरे । खेल गोलरहित बराबरीतर्फ अग्रसर रहेको बेला हाभरटेजले दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा गोल गरेका हुन् । अब लिस्वनले इमिरेट्सको भ्रमण गर्दै एक गोलले पछाडि रहेको स्थिति उल्टाउन प्रयास गर्नेछ ।

कान्तिपुर

Link copied successfully