मिलानलाई हराएर नेपोली दोस्रो स्थानमा

खेलको एक मात्र गोल सब्टिच्युट खेलाडी पोलिटानोले ७९ औं मिनेटमा गरे ।

चैत्र २४, २०८२

कान्तिपुर संवाददाता

Napoli beats Milan to move into second place

काठमाडौँ — माटेओ पोलिटानोले दोस्रो हाफमा गरेको एक मात्र गोलको मदतले नेपोलीले इटालीको सिरी ए मा एसी मिलानलाई हराएको छ ।

यो जितपछि नेपोलीले उपाधि रक्षा गर्ने सम्झनालाई जीवन्त राखेको छ । खेलको एक मात्र गोल सब्टिच्युट खेलाडी पोलिटानोले ७९ औं मिनेटमा गरे ।

नेपोलीको यो लगातार पाँचौं जित हो । यो जितपछि नेपोली ३१ खेलबाट ६५ अंकमा दोस्रो स्थानमा उक्लिन सफल रह्यो । यो शीर्षमा रहेको इन्टर मिलानसँग सात अंकको दूरी हो र लिगमा अब सात चरणको खेल बाँकी रहेका छन् ।

मिलान भने ६३ अंकमा सीमित रहेर तेस्रो स्थानमा झरेको छ । मंगलबारको अर्को खेलमा युभेन्ट्सले जेनोआलाई २–० ले हरायो । युभेन्टसको अब ५७ अंक भएको छ र पाँचौं स्थानमा रहेको छ ।

कान्तिपुर

Link copied successfully