बास्केटबल लिगमा आर्मी अगाडि

डबल राउन्ड लिगमा आर्मीले आफ्नो सबै १४ खेल खेल्दा १३ मा जित र एउटामा हार बेहोर्दै २७ अंक जोडेको हो ।

चैत्र २४, २०८२

कान्तिपुर संवाददाता

Army ahead in basketball league

काठमाडौँ — हिमालयन जाभा राष्ट्रिय बास्केटबल लिग (एचजेएनबीएल) मा आर्मी क्लब २७ अंकसहित सोमबार शीर्ष स्थानमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आर्मीले केभीसी हाउन्ड्सलाई १०३–९९ स्कोरले पराजित गर्‍यो । डबल राउन्ड लिगमा आर्मीले आफ्नो सबै १४ खेल खेल्दा १३ मा जित र एउटामा हार बेहोर्दै २७ अंक जोडेको हो ।

आर्मीले चार क्वाटरमा क्रमशः १८–२५, २९–१५, २५–३२, ३१–२७ अग्रता बनाएर खेल जित्यो । आर्मीका निश्चल महर्जनले २२ स्कोर जोडे ।

हाउन्ड्सले पनि सबै १४ खेल खेलिसकेको छ । ९ खेलमा जित र ५ मा हार भोगेको हाउन्ड्स २३ अंकसहित चौथो स्थानमा छ ।

कान्तिपुर

Link copied successfully