साग पदकधारी फेन्सर अनिताले सगरमाथा आरोहण गर्ने

नेपालमा भएको १३ औं दक्षिण एसियालीकी रजत पदक विजेता अनिताले यसअघि ६ हजार ३८ मिटर उचाइको छुलु फारइस्ट हिमाल आरोहण गरिसकेकी छन् ।

चैत्र २३, २०८२

कान्तिपुर संवाददाता

SAG medalist fencer Anita to climb Mount Everest

काठमाडौं — नेपाली फेन्सिङ खेलाडी अनिता कार्कीले सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने भएकी छन् ।

अनिता मंगलबार काठमाडौंबाट लुक्ला प्रस्थान गर्ने छिन् । करिब एक सातामा बेसक्याम्प पुगेपछि स्वास्थ्यलगायत स्थिति हेरेर आरोहण मिति तय हुने अनिताले बताइन् । अनिताले आरोहण क्रममा ओलम्पियन संघ, खेलाडी संघ, नेपाल फेन्सिङ संघलगायतको झण्डा लिएर जाने बताइन् ।

नेपालमा भएको १३ औं दक्षिण एसियालीकी रजत पदक विजेता अनिताले यसअघि ६ हजार ३८ मिटर उचाइको छुलु फारइस्ट हिमाल आरोहण गरिसकेकी छन् ।

सोमबार अनितालाई नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट र खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलगयातले सफलताको शुभकामनासहित बिदाइ गरे ।

कान्तिपुर

Link copied successfully