रूपन्देही सुपरलिगः साई ग्लोबल ५५ रनले विजयी

सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको साई ग्लोबलले ४८ ओभर २ बलमा सबै विकेट गुमाउँदै २ सय १९ रन बनायो भने लुम्बिनी शाक्यन ३६ ओभर ३ बलमा १ सय ६४ रनमै समेटियो ।

चैत्र २३, २०८२

माधव ढुंगाना

Rupandehi Super League: Sai Global won by 55 runs

भैरहवा — रूपन्देही क्रिकेट संघको आयोजनामा २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत ‘बी’ डिभिजनको सोमबारको खेलमा साई ग्लोबल क्लब विजयी भएको छ । साई ग्लोबलले लुम्बिनी शाक्यन क्रिकेट क्लबलाई ५५ रनले पराजित गर्दै विजयी भएको हो । 

सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको साई ग्लोबलले ४८ ओभर २ बलमा सबै विकेट गुमाउँदै २ सय १९ रन बनायो । उसका लागि अजय चाईले ६०, जितेन्द्र केवटले ४५, जावेद खानले ३७, सुभाष यादवले ३० र शैलेन्द्र यादवले १२ रन बनाए । बलिङमा लुम्बिनी शाक्यनका अजमत अलीले ४, आकाश गिरी र रोहित चन्दले २–२ तथा शाह आलमले १ विकेट लिए ।

प्रत्युत्तरमा लुम्बिनी शाक्यन ३६ ओभर ३ बलमा १ सय ६४ रनमै समेटियो । उसका लागि कमल विष्टले ३९, अब्दुर शेषले ३०, राहुल ढाडीले २४, शाह आलमले १८, आसिफ मुसलमानले १४ र आशिष नेपालले १० रन बनाए । 

बलिङमा साई ग्लोबलका शैलेन्द्र यादवले ३, जितेन्द्र केवटले २ तथा अनुप साहनी, सहज अर्याल, शिवकुमार गुप्ता र वासुदेव यादवले १–१ विकेट लिए । खेलमा अजय चाई ‘प्लेयर अफ द म्याच’ भई १ हजार २ सय रुपैयाँ नगद पुरस्कारबाट सम्मानित भए ।

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully